राजनीति

सभामुख ओसरीले भनिन्, सर्वोच्चले विशेषाधिकार हनन गर्यो

सभामुख ओसरीले भनिन्, सर्वोच्चले विशेषाधिकार हनन गर्यो

वैशाख २४ । सभामुख ओनसरी घर्तीले संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव छलफलका लागि रोक लगाउँदै सर्वोच्च अदालतले विशेषाधिकार हनन गरेको आरोप लगाएकी छन् ।

जेठ ४ गतेसम्मका लागि संसद बैठक स्थगित गरेपछि संक्षिप्त पत्रकार सम्मेलन गर्दै घर्तीले राज्यका सबै अंगहरु आफ्नो सीमाभित्र बस्नुपर्ने बताइन् । ‘संविधानले सबै अंगको कार्य स्पष्ट गरेको छ,’ उनले भनिन, ‘सबै संवैधानिक सीमाभित्र रहनुपर्छ भन्ने मेरो मान्यता हो ।’

राज्यका प्रमुख निकायबीच टकराव हुँदा लोकतन्त्रलाई संस्थागत गर्न र आसन्न निर्वाचनलाई असर पार्ने उनको भनाइ छ । ‘सबैले आत्मसमीक्षा, धैर्य र संयमयतापूर्वक निकास निकाल्नु पर्दछ,’ उनले भनेकी छन, ‘आपसी वार्ता, छलफल र सम्वादमार्फत् ४ गते समस्या समाधान गर्न मैले जेठ ४ गतेसम्मका लागि संसद स्थगित गरेको छु ।’

Onsari Gharti

विशेष