राजनीति

जेवियर इन्टरनेशनल स्कुलमा चुनावको चहलपहल

जेवियर इन्टरनेशनल स्कुलमा चुनावको चहलपहल
वैशाख–२४ । देश भरि चुनावि माहोलको समयमा काठमाण्डौंको एक ए लेभल स्कुलमा समेत चुनाव लागेको छ । वैशाख ३१ गते हुने चुनावलाई लक्षित गरि स्कुले विधार्थीहरुलाई समेत स्थानिय चुनावको बिषयमा अनुभुति होस भनेर काठमाण्डौंको बोध तुसाल स्थीत जेवियर इन्टरनेश्नल स्कुलमा भोली चुनाव हुने भएको छ । यता स्कुलका विद्यार्थीहरु तिन पार्टिमा बिभाजन भइ आफनो उमेदवारीको नाम दर्ता गराएका छन् । सोस्योलीस्ट , डेमोक्राटिक र रिपबलिकन नाम रहेको उक्त सबै पार्टिबाट एक मेयर , एक उपमेयर , चार वडा सदस्य (एक महिला अनिवार्य) गरि उमेदवारले उमेदवारीको नाम दर्ता गराएको सो चुनावी कार्यक्रमका संयोजक विकाश श्रेष्ठले बताए । सोस्योलीस्टको चुनाव चिन्ह बन्द कोठा भित्र हरिन , रिपबलिकनको चुनाव चिन्ह जेबरा र डेमोक्राटिकको पोलार बियर रहेको छ । मतदान स्थल , पत पेटिका , मत पत्र छापिने सबै काम पुरा भएको श्रेष्ठले जानकारी गराए । भोली बिहान ९ बजे देखी चुनाव सुरु हुने र कुल १७० जनाले भोट हाल्ने उहाँले जानकारी गराए । नमुना चुनावको सुरक्षाका लागि सो स्कुलमा तिन दर्जन भन्दा बढि स्काउट विद्याथी परिचालन गराइने छ ।

चुनाव

विशेष