विचित्र विश्व

विमान उडाउदै गर्दा चालक सुतेपछि....

विमान उडाउदै गर्दा चालक सुतेपछि....

पाकिस्तानी अन्तराष्ट्रिय एयरलाइन्स (पीआईए)का विमानका एक वरिष्ठ विमान चालक अमिर अख्तर हासमी विमान उडाउंदै गर्दा सुुतेका छन् ।

पाकिस्तानी समाचारपत्र डनका अनुसार पाकिस्तानी अन्तर्राष्ट्रिय विमान पीआईएका वरिष्ठ विमान चालकले एक सिकारु चालकको जिम्मामा लगाएर सुतेको खबर छापेको छ ।

उक्त विमान पाकिस्तानबाट ३ सय ५ जना यात्रु बोकेर लण्डन गइरहेको थियो । उनले सिकारुको हातमा विमानलाइ जिम्मा लगाएर यात्रुको सिटमा गएर करिब २ घण्टा सुतेको समेत बताएको छ ।

यो घटना बाहिर आएपछि उनलाई कारबाही गरिने बताएको छ । उनी पाकिस्तानी एरलाइन्स पाइलट एसोशियसनका अध्यक्ष रहेका छन् ।

विशेष