राजनीति

गच्छदारको पार्टी सरकारमा जाँदै, आजै शपथ

गच्छदारको पार्टी सरकारमा जाँदै, आजै शपथ

वैशाख २५ । नेपाल लोकतान्त्रिक फोरम पार्टी सरकारमा जाने भएको छ । पार्टीका अध्यक्ष विजयकुमार गच्छदारसहित ६ जना सरकारमा जान लागेका हुन् ।

पार्टी स्रोतका अनुसार अध्यक्ष गच्छदार उपप्रधान तथा स्थानीय एंव संघियमामीला मन्त्रालयको जिम्मेवारी लिने छन् । यस्तै पर्यटन मन्त्रालय दिने बारे सहमति भइरहेको तर श्रम वा आपुर्ती मन्त्रालयमध्ये कुनै एक मन्त्रालयबारे निक्र्यौल हुन बाँकी रहेको स्राेतकाे दावी छ ।

यसैगरी तीन राज्यमन्त्री समेत पाउने गरी सो पार्टी सरकारमा जान लागेको हो । स्रोतका अनुसार सोमबार बेलुका पद तथा गोपनियताको शपथ ग्रहण गर्ने बताइएको छ ।

विशेष