राजनीति

ओलीले भने काठमाडौंको मेयर भनेको गुच्चाकाे खेल हाेइन

ओलीले भने काठमाडौंको मेयर भनेको गुच्चाकाे खेल हाेइन

वैशाख २५ । नेकपा एमालेको घर दैलो अभियान आज विहान पार्टी अध्यक्ष केपी ओलीले वडा नं. २१ बाट उद्घाटन गरेका छन् ।

काठमाडौ महानगरपालिकाको मेयर उपमेयरको घरदैलो कार्यक्रम उदघाटन गर्दै अध्यक्ष ओलीले नेकपा एमाले आफ्ना नाता– गोता दाई–भाई छोरी– ज्वाई जिताउनको लागि होईन देशको लागि लडिरहेको छ ।

कार्यक्रममा बोल्दै ओलीले नेकपा एमालेले जितेपछि काठमाडौ भ्रष्टाचारमुक्त हुन्छ विद्यामय हुनेछ । महानगरपालिकाको मेयर भनेको गुच्चा खेल्ने खेलजस्तो होईन यो एमालेको उम्मेदवारहरुले मात्र गर्न सक्छ, त्यसकारणले सबै नेपाली जनतालाई एमालेको सूर्य चिन्हमा भोट हाली उम्मेदवारलाई जिताउनु आग्रह गरे । पार्टीले होईन सबै पार्टीका जनताले एमालेलाई भोट हाल्नेमा आफू ढुक्क रहेको बताए ।

बाहिर हल्ला चलेजस्तो नेकपा एमालेमा कुनै असन्तुष्टी छैन, सबै कार्यकर्ता चुनावी अभियानमा दिनरात खटिरहेका छन् । ओलीले भने बाँसबारी छाला जुत्ता कारखाना बेचेपछि हामी विदेशी जुत्ता लगाउन बाध्य छौ, भृकुटी कागज कारखाना बेचेपछि हामी हाम्रो घोषणापत्र छाप्न पनि विदेशी कागज प्रयोग गर्नुपरेको छ ।

कार्यक्रममा पार्टीका एमाले नेता जिवनराम श्रेष्ठ, पूर्व मेयर केशव स्थापित,युवा नेता बसन्त मानन्धर लगायतका स्थानीय नेताहरुको बाक्लो बाक्लो सहभागिता रहेको उक्त ¥यालीमा पार्टी उपाध्यक्ष एवं ३ नं. प्रदेश संयोजक अष्टलक्ष्मी शाक्य, पार्टी सचिव प्रदिप ज्ञवाली, बिष्णु रिमाल, भानुभक्त ढकाल लगायतका नेताहरुको सहभागिता थियो ।

विशेष