राजनीति

महिलाको उम्मेदवारी ३९ प्रतिशत

महिलाको उम्मेदवारी ३९ प्रतिशत
वैशाख - २५ । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा कुल उम्मेदवार ४९ हजार ३३७ जना रहेकामा महिला उम्मेदवारको सङ्ख्या ३९ प्रतिशत रहेको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार अध्यक्षरप्रमुख, उपाध्यक्षरउपप्रमुख, वडाअध्यक्ष र सदस्य गरी १९ हजार ३३२ महिला उम्मेदवार रहेका छन् । अध्यक्ष/प्रमुखमा एक हजार आठ सय ८० उम्मेदवार रहेकामा महिलाको सङ्ख्या १५७ अर्थात् ८.३५ प्रतिशत रहेको छ । उपाध्यक्षरउपप्रमुख एक हजार तीन सय ८४ उम्मेदवार रहेकामा एक हजार एक सय २७ आर्थात् ८१.४३ महिला छन् । आयोगका अनुसार, वडाध्यक्षमा ९५.८३ अर्थात् १० हजार २९६ पुरुष र ४४८ अर्थात् ४.१७ महिलाको उम्मेदवारी परेको छ । वडा सदस्य दुई पदमा १७ हजार ७२९ अर्थात् ९४.७१ पुरुष र ५.२९ अर्थात् ९९१ महिला उम्मेदवार रहेका छन् । महिला सदस्यमा नौ हजार ८३ जना र दलित महिला सदस्यमा सात हजार ५२६ जनाको उम्मेदवारी परेको छ । स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार राजनीतिक दलले उम्मेदवारी मनोनयन गराउँदा नगरप्रमुख वा अध्यक्ष, उपप्रमुख वा उपाध्यक्षमा ५० प्रतिशत महिला हुनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै वडा सदस्य पदका लागि ४० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने कानुनी व्यवस्था रहेको छ ।

nirbachan

विशेष