गच्छदार उपप्रधानमन्त्री पदसहित सरकारमा सहभागी हुने, शपथ ग्रहण आजै
वैशाख–२५ । विजयकुमार गच्छदारको नेतृत्वमा नेपाल लोकतान्त्रिक फोरम सरकारमा सहभागी हुने भएको छ ।
सोमबार पार्टी कार्यलय तीनकुनेमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले अध्यक्ष गच्छदारको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको बताइएको छ ।
गच्छदारले उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्रीको जिम्मेवारी पाउनेछन् । पार्टीका तर्फबाट सरकारमा सहभागी हुने अन्य मन्त्रीको नाम भने टुंगो लाग्न बाँकी छ ।
सरकारमा सहभागी हुने मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम साढे पाँच बजेका लागि शीतल निवासमा तय गरिएको छ । लोकतान्त्रिक फोरमले यसअघि राप्रपाले पाएका तीन मन्त्रालय पाउने छ ।
फोरमले नागरिक उड्डयन तथा पर्यटन र भूमि सुधार मन्त्रालय पनि पाउने छ । राप्रपा सरकारबाट बाहिरिएपछि गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।
विजयकुमार गच्छदार
सरकार