राजनीति

पहिलो चरणको मतदान लगत्तै मतगणना, दोस्रो चरणको निवार्चन अगाडि बजेट ल्याउने तयारी

पहिलो चरणको मतदान लगत्तै मतगणना, दोस्रो चरणको निवार्चन अगाडि बजेट ल्याउने तयारी

वैशाख – २५ । पहिलो चरणको मतदान लगत्तै मतगणना हुने भएको छ । प्रमुख तीन दलका नेताहरु पहिलो चरणको मतगणना निर्वाचन लगत्तै गर्ने निर्णय गरेका हुन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गटक दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओलीबीच भएको छलफलमा मतगणना कार्य तत्कालै गर्ने निर्णय भएको हो । आउँदो आइतबार हुने पहिलो चरणको चुनावको मत गणना दोस्रो चरणको मतदान सकिएपछि जेठ ३१ पछाडिमात्रै गर्नुपर्ने विभिन्न दलका नेताले बताउँदै आइरहेका थिए । आजको बैठकमा आगामी जेठ १५ गते बजेट ल्याउने सहमती भएको छ । बजेठपछि दोस्रो चरणको निर्वाचन गर्न एमाले पनि सहमति जनाएको छ । तर, अहिले आउन लागेको बजेट काम चलाउ मात्रै हुन छ र यसले निर्वाचनलाई प्रभाव नपार्ने भएकाले नेता एमालेले सहमति जनाएको हो । यसभन्दा अघि एमालेले जेठ १५ गते बजेट ल्याउनु पर्ने र त्योभन्दा पहिला नै दोस्रो चरणको निर्वाचन गर्नु पर्ने अडान राख्दै आएको थियो । तर, एमालेले संविधान संशोधन प्रस्तावमा समर्थन नगर्ने आफ्नो पुरोनो अडान कायमै राखेको छ ।

मतदान

विशेष