
तिमी भन्दा बेसि बफदार छन यी आँसुहरु l
भन त कुनै कारण बेगर झर्छन यी आँसुहरु ?
तिम्रो दिलमा नहुला म तिमी छ्यौ यो दिलमा l
तिम्रै यादमा अचेल यात्रा गर्छन यी आँसुहरु l
टुटेर रुनुको फाईदा छ जख्महरु निको हुन्छन l
दिल भित्रका कयौं जख्महरु भर्छन यी आँसुहरु l
प्यार होस त यो नयन र यो मनको जस्तो यार l
मन दुख्दा नयन बाट बर्सन्छन यि आँसुहरु l
मनको करिब हुनेहरु टाढा हुन्छन भौतिक रुपमा l
त्यसैको सन्तापमा त दुनियाँ खर्चन्छ्न यि आँसुहरु l
माधब पौडेल
बाँसगढि न.ग.पा.-८ बर्दिया
email :
[email protected]
हाल :- दोहा-कतार
स्थानीय तहको निर्वाचन