राजनीति

आइपीएलमा हैदरावादले मुम्बइलाई हरायो

आइपीएलमा हैदरावादले मुम्बइलाई हरायो

वैशाख २६ । इण्डियन प्रिमियर लिग आइपीएलमा सनराइजर्स हैदरावादले मुम्बइ इण्डियनलाई पराजित गरेको छ ।

राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गएराति भएको खेलमा हैदरावादले मुम्बईलाई ७ विकेटले पराजित गरेको हो । टस जितेर पहिले व्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १ सय ३८ रन बनायो ।

मुम्बईका लागि सर्वाधिक रन रोहित शर्माले ६७ रन बनाए । उनले ४५ बलको सामना गर्दै २ छक्का र ६ चौका प्रहार गरे । मुम्बईलाई सस्तैमा समेट्न सिदार्थ कौलले ३ तथा भुवनेश्वर कुमारले २ विकेट लिए । जवाफि व्याटिङ गरको सनराइजर्सका ओपनर व्याट्म्यान शिखर धवनले नटआउट ६२ रनको योगदान गरे । सनराइजर्सले १८ ओभर २ बलमा लक्ष्य भेट्टायो ।

खेल हारेपनि मुम्बई अंकतालिकामा १२ खेलबाट १८ अंकका साथ पहिलो स्थानमा कायमै रहेको छ भने सनराइजर्स १३ खेलबाट १५ अंक बटुल्दै चौथो स्थानमा रहेको छ । प्रतियोगिता अन्र्तगत आज किङ्स इलाभेन पञ्जाव र कोलकाता नाइट राइडर्सबीच खेल हुने छ ।

Sarkar Morcha

विशेष