Breaking News

चट्याङ लागेर माओवादी केन्द्रका उम्मेदवारको निधन

चट्याङ लागेर माओवादी केन्द्रका उम्मेदवारको निधन
वैशाख २६ र चितवनमा स्थानीय तहको चुनावमा उठेका नेकपा माओवादी केन्द्रका उम्मेदवारको चट्याङ लागेर मृत्यु भएको छ । कालिका नगरपालिका–११ मा खुल्लातर्फको सदस्य पदका उम्मेदवार ३८ वर्षीय सिफल चेपाङको चट्याङ लागेर मृत्यु भएको हो । गएराति तीन बजे परेको चट्याङ लागेर घाइते भएका चेपाङको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । उम्मेदवारको निधनपछि कालिका नगरपालिकाको निर्वाचन स्थगित भएको छ । उम्मेदवारको निधन भएपछि निर्वाचन कार्यक्रम स्थगित गरेर आयोगलाई जानकारी गराएको निर्वाचन अधिकृत नेत्रप्रसाद शर्माले जानकारी दिए । शर्माका अनुसार अन्तिम नामावली प्रकाशन भएपछि उम्मेदवारको निधन भए सबै कार्यक्रम स्थगित हुने प्रावधान रहेको छ । स्थानीय तह निर्वाचन निर्दे्शिका २०७३ को दफा ६० बमोजिम निर्वाचन स्थगित गरिएको हो ।

विशेष