राजनीति

गठबन्धन र सरकारबीच बालुवाटारमा बैठक सुरु

गठबन्धन र सरकारबीच बालुवाटारमा बैठक सुरु

वैशाख २६ । सरकार र संघीय गठबन्धनका नेताहरूबीचको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

संविधान संशोधन, स्थानीय तहको निर्वाचन लगायतका विषयमा केन्द्रित बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत संघीय गठबन्धनमा आबद्ध दलका शीर्ष नेता सहभागी छन् ।

संसदबाट संविधान संशोधन विधेयक पारित नहुँदै स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिएको भन्दै गठबन्धनले उपेन्द्र यादवलाई हटाएर शनिबार महन्थ ठाकुरलाई अध्यक्ष बनाएको थियो ।

गठबन्धनमा आवद्ध बहुसंख्यक दल र जातीय मोर्चाले यादवलाई संयोजकबाट हटाएर नवगठित राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलाई शनिबार गठबन्धनको संयोजक बनाउने निर्णय गरेको भोलिपल्टै उपेन्द्र यादवले आफै गठबन्धनको संयोजक भएको दाबी गरेका थिए ।

विशेष