राजनीति

अनियमिताको आरोप लागेपछि भावुक हुँदै घिसिङले भने, ‘हामीमा कुनियत देखिए झुण्डाइदिए हुन्छ’

अनियमिताको आरोप लागेपछि भावुक हुँदै घिसिङले भने, ‘हामीमा कुनियत देखिए झुण्डाइदिए हुन्छ’
वैशाख २६ । नेपाललाई लोडसेडिङ मुक्त बनाउनको लागि आफ्नो प्रयासमा लागि परिरहेका विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले आफूले गर्न लागेको काममा जर्वजस्त रुपमा आफ्नो चरित्र हत्या गर्न खोजिएको आरोप लगाएका छन् । उनले एलइडि बल्ब खरिद प्रक्रियामा कसैले प्राधिकरणले चालेको उक्त कदमको अनियमितताको प्रमाण ल्याएमा आफू झुण्डिनसमेत तयार रहेको बताएका छन् । आफूमाथि लागेको अनियमितताको प्रमाण लागेपछि घिसिङले पत्रकारहरुसामु भावुक रुपमा आफ्नो स्पष्टिकरण दिएका थिए । स्पष्टिकरण दिँदै घिसिङले भने, ‘नेपाली जनताबाट एक रुपैयाँ खाने अवस्था छैन । पैसा नै खानु छ भने २, ४ घण्टा लोडसेडिङ गर्दा करोडौँ कमाएर बस्थें ।’ यो आरोप उनले आफ्नो चरित्र हस्या गर्ने मानसिकताले भएको भन्दै आफ्नो दुःख पोखे । थप स्पष्टिकरण दिँदै उनले भने, ‘यदि हामीमा कुनै कुनियत देखियो भने हामीलाई झुण्डाइदिए हुन्छ । अन्यथा यस्ता गलत प्रचार नगरिदिनु होला ।’ यस्ता प्रचारले काम गर्ने वातावरण पनि बिग्रिन सक्नेमा उनले आपत्ति जनाए । भारतसँगको सहमतिमा १३५, १४० रुपैयाँमा बल्ब ल्याउन लागेको जानकारी गराउँदै घिसिङले यदि कसैले सक्छ भने १५० रुपैयाँमा ल्याउन पनि कडा चुनौती दिएका छन् । यदि कुनै व्यापारीले १५० रुपैयाँमै गुणस्तरीय बल्ब ल्याएमा विद्युत प्राधिकरणले २ सयवटै ग्राहक सेवा केन्द्रबाट वितरणको व्यवस्था मिलाउनेसमेत बताए । यसमा थप चुनौती दिँदै उनले यदि कसैले उक्त कम्पनीको बल्ब एक यस पचास रुपैयाँमा ल्याउँछ भने त्यसको सम्पूर्ण वितरणको जिम्मा प्राधिकरणले लिने र आफूहरुले सुरु गरेको प्रक्रिया पनि बन्द गर्ने बताएका छन् ।

नेकपा एमाले

विशेष