राजनीति

चुनावकाे प्रचार-प्रसार गरिरहेका उम्मेदवारको लडेर मृत्यु

चुनावकाे प्रचार-प्रसार गरिरहेका उम्मेदवारको लडेर मृत्यु
वैशाख - २६ । स्थानिय तहको चुनावमा प्रचार गरिरहेका एक उम्मेदवारको लडेर ज्यान गएको छ । चुनावी प्रचारको क्रममा गत आइतबार राति लडेर घाइते भएका कुमाख मालिका गाउँपालिका वडा नं. १ का नेपाली काग्रेसका खुला तर्फका वडा सदस्यका उम्मेदवार दलबहादुर रानाको मंगलबार ज्यान गएको हो । राति १० बजे सम्म कुमाखमालिका गाउँपालिका १ टाट्केमा मतदातासंग भेटघाट क्रममा राना लडेर घाइते  भएका थिए । उनकाे उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । उनी छिमेकीको घरबाट खस्दा गाइ बाध्ने किलोमा परपछि गम्भीर भाइते भएका थिए । गम्भीर घाइते भएका रानालाई स्थानिय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगंज हुदै भारतको लखनउ लगिएको थियो । उनको उपचारको क्रममा लखनउमा ज्यान गएको नेपाली काँग्रेस सल्यानले जानकारी दिएको छ ।

Bimalendra Nidhi

विशेष