राजनीति

सञ्चारकर्मीलार्इ निर्वाचनसम्बन्धी सूचना संकलन गर्न विशेष पास नचाहिने

सञ्चारकर्मीलार्इ निर्वाचनसम्बन्धी सूचना संकलन गर्न विशेष पास नचाहिने

वैशाख – २६ । अासन्न स्थानीय तहकाे निर्वाचनमा परिचयपत्रका आधारमा सञ्चारकर्मीहरुले निर्वाचनको सूचना संकलन गर्न पाउने भएका छन् । यही वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचको सूचना संकलनका लागि यस अघि आयोगले विशेष पासको आवश्यकता पर्ने बताएको थियो । सोमबार निर्वाचन आयोगले एक विज्ञप्ति जारी गरी मतदान तथा मतगणनाको सूचना संकलनका लागि कुनै विशेष पासको व्यवस्था नगरिएको बताएको छ । ‘मतदाता तथा मतगणनाको समाचार संकलनका लागि निर्वाचन आयोगबाट विशेष पासको व्यवस्था नगरी सञ्चारकर्मीहरुको परिचय पत्रका आधारमा समाचार संकनल गर्ने व्यवस्था गरिएको छ’, आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ । आयोगका अनुसार पत्रकारले सूचना विभागबाट प्राप्त परिचयपत्रका आधारमा नै निर्वाचन सम्बन्धी सूचना संकलन गर्न सक्ने छन् । तर सूचना संकलन गर्नका लागि भने सम्बन्धित मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतलगायतको स्वीकृति अनिर्वाय लिनु पर्ने छ । ‘स्थानीय तहको निर्वाचनको मतदान र मतगणनाका दिन सम्बन्धित मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत र मतगणना अधिकृतको अनुमतिका आधारमा मात्रै सम्बन्धित क्षेत्रको समाचार संकलन, छायांकन र तस्वीर लिन सकिने व्यवस्था समेत रहेको छ’ आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

केपी शर्मा ओली

विशेष