राजनीति

बुधबार राति १२ बजेदेखि रसुवागढी नाका बन्द हुने

बुधबार राति १२ बजेदेखि रसुवागढी नाका बन्द हुने
वैशाख – २६ । आशन्न स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै रसुवागढी नाका ९६ घण्टाका लागि बन्द हुने भएको छ । वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको चुनावका लागि बुधबार राति १२ बजेदेखि रसुवागढी नाका बन्द हुने भएको हो । चुनाव हुनुभन्दा ७२ घण्टा अगाडि नै सीमा नाका बन्द गर्नका लागि रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने र चीनका बोर्डर एडमिनिस्ट्रेसन कमिटिका प्रमुखबिच मंगलबार भएको बैठकले रसुवागढि नाका बन्द गर्ने सहमति भएको हो ।

विशेष