राजनीति

एमाले आविष्कारक पार्टी हाे - अध्यक्ष अाेली

एमाले आविष्कारक पार्टी हाे - अध्यक्ष अाेली
वैशाख - २६ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी आविष्कारक भएको दाबी गरेका छन्। मंगलबार युवा स्वयंसेवक भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। ‘एमाले आविष्कारक पार्टी हो, यसले विकासका कुरा गर्दा पढेलेखेका तिरमिराउछन्’, अध्यक्ष ओलीले भने, ‘निर्वाचनमा नम्रताका साथ अघि बढ्नुहोस् एमाले जित निस्चित छ।’ अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा एमालेलाई मत दिन सबैसंग आग्रह समेत गरेका छन्। निर्वाचनका लागि काठमाडौँ महानगर र अन्य नगरपालिकामा पार्टीबाट खटिने स्वयम्सेवकको भेलालाई सम्बोधन गर्दै ओलीले राष्ट्रियता, एकता, आर्थिक समृद्धि, छिमेकीसँगको सन्तुलित सम्बन्ध र प्रतिकूल अवस्थामा पनि काम गर्ने कुशलता भएका कारण एमालेलाई मत दिन आग्रह गरे। ‘राम्रोसँग जनतामा नपुगेकाहरुले एमाले जित्दैन भन्न सक्छन्, त्यस्तो भन्नेहरु जनतामा पुगेका छैनन् भनेर बुझ्नुस्’, अध्यक्ष ओलीले भने, ‘घरमा अक्षता खेलाएर बस्नेलाई मत परिणाम थाहा हुँदैन्, एमालेबाहेक अरूले जित्नुपर्ने कारण नै छैन् भन्नुभयो।’ अध्यक्ष ओलीले स्वयम्सेवक भएर मादकपदार्थ सेवन गरेको पाइएमा पार्टी सङ्गठनबाटै तत्काल कारबाही गरिने पनि स्पष्ट पारे ।

विशेष