राजनीति

चुनाव लाग्यो, मदिरा बिक्री ह्वात्तै बढ्यो

चुनाव लाग्यो, मदिरा बिक्री ह्वात्तै बढ्यो
वैशाख २७ । दिनभरी भोट माग्न ब्यस्त हुने उम्मेदवारसँगै अधिकांश दलका कार्यकर्ता साँझ परेपछि सहरका ससाना भट्टी छिर्छन् । अलिक पैसा हुने र उपल्ला तहका कार्यकर्ता भने गतिला र राम्रा रेष्टुरेन्ट पस्छन् । सिन्धुपाल्चोक, रामेछाप र सिन्धुलीका सदरमुकाम तथा स्थानीय स–साना बजार पछिल्लो दिन यिनै ग्राहकले गुल्जार छन् । स्थानीय होटल ब्यवसायीका अनुसार चुनावको दिन नजिकिँदै जाँदा मदिराको खपत ह्वात्तै बढेको छ । मदिरा डिलर खपत सञ्चालक भन्छन्, ‘मागअनुार पुर्‍याउनै हम्मे छ ।’ चौतारा साँगाचौकगढी नगरपालिकामा मात्रै मदिरा बेच्ने २४ वटा होटल छन् भने सात वटा मदिराका डिलर । त्यस्तै बाह्रबिसेमा ४ र मेलम्चीमा ८ मदिरा वितरक छन् । स्थानीय व्यवसायीका अनुसार पछिल्ला दिन प्रमुख तीन नगरपालिकामा मदिराजस्ता पेय पदार्थको बिक्री बढेको छ । कान्तिपुर

विशेष