अपराध सुरक्षा राजनीति

काठमाडौंमा प्रतिस्पर्धी पहिल्याउँदै दलहरु, कसको भिडन्त कोसँग ?

काठमाडौंमा प्रतिस्पर्धी पहिल्याउँदै दलहरु, कसको भिडन्त कोसँग ?

वैशाख २७ । नेपाली कांग्रेसले काठमाडौंका सबै नगरपालिकामा एमालेसँग मुख्य प्रतिस्पर्धा रहेको विश्लेषण गरेको छ ।

केही स्थानमा भने माओवादी केन्द्र, राप्रपा लगायतका दलसँग पनि प्रतिस्पर्धा हुने कांग्रेसको विश्लेषण छ । कांग्रेसले संविधानसभाको दोस्रो निर्वाचनमा जस्तै परिणाम आफ्नो पक्षमा आउने दाबी गरेको छ ।

एमालेले स्थानीय तह निर्वाचनमा काठमाडौंका १० वटै स्थानीय तहमा नेपाली कांग्रेसलाई आफ्नो मूख्य प्रतिस्पर्धी मानेको छ ।

कांग्रेसपछि राप्रपा र माओवादी केन्द्र प्रतिस्पर्धामा आउने एमालेको आंकलन छ । माओवादी केन्द्र काठमाडौंका सबै स्थानीय तहमा तालमेलविनै एक्लै चुनावी मैदानमा उत्रिएको छ ।

माओवादी केन्द्रले काठमाडौं उपत्यकामा कांग्रेस र एमालेसँग प्रतिस्पर्धा हुने आंकलन गरेको छ।

विशेष