राजनीति

युभेन्टस् च्याम्पियन्स लिगको उपाधि नजिक

युभेन्टस् च्याम्पियन्स लिगको उपाधि नजिक

बैशाख २७ । युभेन्टस् च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा मोनाकोलाई २–१ ले हराउँदै समग्रमा ४–१ को जितसहित युभेन्ट्स उपाधि नजिक पुगेको हो ।

पहिलो लेगमा पनि युभेन्ट्सले मोनाकोलाई उसकै घरेलु मैदानमा २-० ले हराएको थियो । घरेलु मैदानमा भएको खेलमा इटालिय युभेन्टस्लाई जिताउन मारिओ मान्जुकी र डानी एल्भेसले गोल गरे ।

मोनाकोका लागि केलिएन एमबाप्पेले एक गोल फर्काए । युभेन्टस पछिल्लो तीन सिजनमा दोस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको हो । युभेन्टसले पछिल्लो पटक सन् १९९६ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

सन् २०१५ मा फाइनलमा पुगेको युभेन्टस् बार्सिलोनासँग ३–१ ले पराजित भएर उपविजेतामा सीमित भएको थियो । युभेन्टसले आगामी जुन ३ मा हुने फाइनलमा रियल मड्रिड वा एथ्लेटिको मड्रिडसँग खेल्ने छ ।

रियल र एथ्लेटिको मड्रिडबीचको दोस्रो सेमिफाइनल लेज आज राति हुँदै छ । पहिलो लेगमा भने रियल मड्रिड ३(० ले विजयी भएको थियो ।

विशेष