राजनीति

कोरियाका नवनियुक्त राष्ट्रपतिलाई राष्ट्रपति र प्रधानमन्त्रीको बधाई

कोरियाका नवनियुक्त राष्ट्रपतिलाई राष्ट्रपति र प्रधानमन्त्रीको बधाई
वैशाख–२७ । दक्षिण कोरियाका नवनियुक्त राष्ट्रपति मुन जे इनलाई नेपालका राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड)ले बधाई ज्ञापन गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति र प्रधानमन्त्रीले मुन जे इनलाई कोरियाको १९ औं राष्ट्रपतिमा नियुक्त भएको बधाई दिएका हुन् । साथै राष्ट्रपतिको कार्यकाल समयमा नेपाल र कोरियाको सम्बन्ध अझै सुदृध हुने बताएका छन् । मंगलबार भएको मतदानमा मुनले ४१ प्रतिशतभन्दा बढी मत प्राप्त गरेर विजयी भएका थिए । उनका प्रतिस्पर्धी होङ जोन प्योले २३ प्रतिशत मात्र मत प्राप्त गरे । भ्रष्टाचार कान्डमा महाअभियोग लगाएर पार्क गुन हेईलाई पदबाट हटाइएपछि समयअगावै नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन भएको थियो । सन् २०१२ मा भएको राष्ट्रपतीय निर्वाचनमा मुन सामान्य मतान्तरले पार्कसँग पराजित भएका थिए ।

दृष्टिविहीन म्याग्दी स्थानीय तहको निर्वाचन

विशेष