राजनीति

बैठक निष्कर्षविहीन, राजपाले आन्दोलनका कार्यक्रम सर्वाजनिक गर्दै

बैठक निष्कर्षविहीन, राजपाले आन्दोलनका कार्यक्रम सर्वाजनिक गर्दै

काठमाडाैँः सत्तारुढ दलहरु र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बीच आइतबार भएको वार्ता विना निष्कर्ष टुंगिएको छ ।

सिंहदरबारमा भएको बैठकमा राजपाले निर्वाचनको मिति सार्न र मधेशमा स्थानीय तहको संख्या थप्नु पर्ने मागमा कुरा नमिल्दा वार्ता विना निष्कर्ष टुंगिएको हो । वार्तामा प्रधानमन्त्री शेरबहादुर देउवासमेत संलग्न थिए ।

राजपाले भने आफ्ना माग पूरा नभएको भन्दै आन्दोलन गर्ने भएको छ । राजपा नेता अनिल झाले संविधान संशोधन र स्थानीय तहको संख्या थप नहुँदासम्म निर्वाचनमा नजाने बताए ।

आन्दोलनको स्वरुपबारे छलफल गर्न अहिले पार्टीको बैठक बसिरहेको छ । अहिले दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नेे राजपाले जनाएको छ ।

चुनाव अगावै संविधान संशोधन गर्नुपर्ने र प्रदेश नम्बर २ को मात्र भएपनि चुनाव सार्नुपर्ने मागमा सरकार सकारात्मक नभएको भन्दै राजपाले आन्दोलन गर्ने बताएको छ ।

विशेष