राजनीति

राजपाद्वारा निर्वाचन विथोल्न आन्दोलनका कार्यक्रम घोषणा

राजपाद्वारा निर्वाचन विथोल्न आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौंः राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई प्रभावित पार्ने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । संविधान संशोधन र मधेसमा स्थानीय तहको संख्या नबढाएसम्म चुनावमा सहभागी नहुने अडान लिएको राजपाले निर्वाचनलाई केन्द्रीत गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

आइतबार सिंहदरबारमा बसेको सत्तारुढ दल र राजपाको बैठक निष्कर्षविहीन सकिएको थियो । त्यस लगत्तै बिजुलीबजारस्थित पार्टी कार्यलयमा बसेको बैठकले मसाल जुलुसदेखि बन्द हड्तालसम्मका कार्यक्रम आयोजना गरेर निर्वाचनमा सहभागी नहुने जनाएको हो ।

चुनाव लक्षित कार्यक्रम घोषणा गर्दै राजपाका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले संविधान संशोधन पनि नभएको र स्थानीय तहको संख्या पनि नबढाइएको भन्दै चुनाव बहिष्कार गर्ने बताएका हुन् । सोमबार (भोली)देखि सुरु हुने आन्दोलन कार्यक्रमलाई तिव्रता दिँदै १० गतेदेखि अनिश्चितकालीन आम हड्ताल गर्ने पार्टीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

विशेष