राजनीति

भरतपुरको मतगणना सुरु नगरे अन्य कुनै पनि निर्वाचन सम्पन्न हुन नदिने एमालेको चेतावनी

भरतपुरको मतगणना सुरु नगरे अन्य कुनै पनि निर्वाचन सम्पन्न हुन नदिने एमालेको चेतावनी

जेठ १८ । केही दिनअघिदेखि रोकिएको चितवन भरतपुर महानगरको मतगणना तत्काल सुरु गर्न माग गर्दै नेकपा एमाले चितवनले तेस्रो दिन पनि मतगणनास्थल नजिकैको अस्पताल चोकमा धर्ना तथा सभा गरेको छ ।

आज(बिहीबार) को धर्नामा एमालेका सचिव प्रदीप ज्ञवाली र युवा संघका अध्यक्ष राजीव पहारी समेत सहभागी छन् ।
धर्नालाई सम्वोधन गर्दै सचिव ज्ञवालीले रोकिएको मतगणना तत्काल सुरु नगरी मतदान गर्ने दिशातिर गए निर्वाचन आयोगले यसपछिका कुनै पनि निर्वाचन सम्पन्न गर्न नसक्ने चेतावनी दिएका छन् ।

उनले निर्वाचन आयोग र निर्वाचन अधिकारीलाई षड्यन्त्रको मतियार नबन्न चेतावनी समेत दिएका छन् । युवा संघका अध्यक्ष राजीव पहारीले तत्काल मतगणना सुरु नगरिए देशव्यापी आन्दोलनमा उत्रने चेतावनी दिए ।

जेठ १४ गते राति मतगणना भइरहेको समयमा नेकपा माओवादीका कार्यकर्ताहरुले मतपत्र च्यातेपछि भरतपुरको मतगणना स्थगित छ । निर्वाचन आयोगले जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई च्यातिएका मतपत्रको अवस्थाबारे प्रतिवेदन वुझाउन निर्देशन दिइसकेको छ ।

bharatpur chitwan

विशेष