राजनीति

दामोदार र उपेन्द्रकेशरीले न्यायालयमा यस्तो घात गरिदिए कि काबिल न्यायाधीशहरु सडकमा पुगे, कसैले अात्महत्या नै गरे

दामोदार र उपेन्द्रकेशरीले न्यायालयमा यस्तो घात गरिदिए कि काबिल न्यायाधीशहरु सडकमा पुगे, कसैले अात्महत्या नै गरे

जेठ–२८ । अदालत सरल रेखामा चल्दो हो त आजको दिनमा प्रधानन्यायाधीशको कुर्सीमा प्रकाश वस्ती हुन्थे, सुशीला कार्कीका उत्तराधिकारीका रुपमा । उनको निश्चित स्वभाव र स्थापित छवि थियो, जुन रामप्रसाद श्रेष्ठ र कार्कीसँग मिल्दोजुल्दो थियो । वस्तीको प्राज्ञिक उचाइचाहिँ अझ माथि थियो ।

उनको त्यो छविबाट छटपटाएकाहरु पर्दापछाडिबाट सक्रिय भए । दृश्यमा तत्कालीन प्रधानन्यायाधीश दामोदार प्रसाद शर्मा र न्यायपरिषद सदस्य उपेन्द्रकेशरी न्यौपानेहरुले भूमिका मञ्चन गरे । वस्तीलाई सडकमा पुर्याएबापत सर्वोच्चमा एउटा नयाँ सेट आइपुग्यो । वस्तीसँगै सडकमा पुरयाईका चार मध्ये एक जना न्यायाधीश भरतराज उपे्रतीले सहन नसकरी आत्महत्या नै गरे । यो घटना न्याय क्षेत्रमा कोतपर्वका नामले चर्चित छ । कोत पर्वका कर्ता र कारणीहरुको काम सुशीला कार्कीलाई असफल पार्नु र असहयोग गर्नु रह्यो । कार्कीले लिएका पहलकदमीमा हलो अड्काउनु भयो । कार्कीलाई आफनो स्वार्थमा नचाउन नसकेपछि उनीहरुले गर्न सक्ने काम त्यही थियो ।

तिनीहरु नै अहिले कार्कीमाथि गुटबन्दीको आरोप लगाइरहेका छन् । अनुमान गर्नूस् न्यायपालिकाको गुटबन्दी कसतो छ कसले गरिरहेको छ ?
–नेपाल साप्ताहिकबाट

विशेष