राजनीति

नयाँ शक्तिद्वारा टीकापुरको ७ नं वडामा सबै उम्मेदवार महिला उठाउने निर्णय

नयाँ शक्तिद्वारा टीकापुरको ७ नं वडामा सबै उम्मेदवार महिला उठाउने निर्णय

टिकापुर: वडाका सबै पदहरुमा महिलालाई मात्र उम्मेदवार बनाउनेमा नयाँ शक्ति पार्टी नेपाल पहिलो पार्टी बनेको छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा नयाँ शक्ति पार्टीले टीकापुर नगरपालिकाको ७ नं वडामा सबै उम्मेदवारहरु महिला उठाउने निर्णय गरेको हो ।

नयाँ शक्ति पार्टी कैलालीले टीकापुर–७ मा वडाअध्यक्षमा कमला शाह, सदस्यहरुमा बुना चौधरी, कविता विक, सविता चौधरी र सुस्मिता चौधरीको उम्मेद्वारी घोषणा गरेको छ । 

टीकापुर नगरपालिकाको ७ नं वडालाई महिलामैत्री र नमुना वडा बनाउने उद्देश्यले सबै पदमा महिला उम्मेदवार मात्र उठाउने निर्णय गरेको नयाँ शक्ति पार्टी नेपालको ७ नम्बर प्रदेशका संयोजक लिला भण्डारीले जानकारी दिए ।

उनले महिला नेता र प्रमुख बन्न सक्षम भए पनि नेतृत्व तहमा पुग्न नसक्नुको मुख्य कारण पुरुषवादी सोंच र चिन्तन भएको र पहिलो निर्वाचनमा महिलाहरुलाई उपप्रमुखमै सीमित बनाइएको बताउँदै भने – ‘अब त्यो सोंच तोड्नुपर्छ भन्दै हामीले टीकापुरको ७ नंं वडामा महिलाहरु मात्र उम्मेदवार घोषणा गरेका हौं ।’

विशेष