विचित्र विश्व

रेष्टुरेन्टमा काम गर्दे मन्त्री बनेकी यी भारतिय मन्त्री

रेष्टुरेन्टमा काम गर्दे मन्त्री बनेकी यी भारतिय  मन्त्री

 भनिन्छ, सफलता सहजै पाइँदैन । सफल हुनका लागि मानिसले अनेक दुख को सामना गर्नुपरेको हुन्छ ।

विश्वका विभिन्न सफल व्यतिको विगतलाई हेर्ने हो भने पनि हामीले यस्ता कथाहरु पक्कै सुनेका सुनेको हुनुुपर्छ । झट्ट सुन्दा हामीलाई अचम्म लाग्न सक्छ । तर सफल हुनुभन्दा पहिला मानिसले के काम गर्ने भन्ने कुरा हामी सोच्न पनि सक्दैनौँ ।

त्यसो त एकजना व्यतिको जविनको परिभाषा र चर्चा सफल भएपछि पूरै परिवर्तन पनि भएको हुन्छ । त्यसैले पनि उनीहरुको विगतबारे हामीलाई थाहा को हुन सक्छ , उनीहरुलाई धेरै सफलता मिलेको हुन्छ ।

यस्तै एक व्यति हुन् स्मृति इरानी । भारतीयलोकसभा निर्वाचनमा भारतीय जनता पार्टी बहुमत ल्याएपछि नरेन्द्र मोदीले नेतृत्वमा सरकार गठन हुने भयो । त्यो सरकारी एकमन्त्री हुन् । स्मृति इरानी उनी अहिले मानव संसाधन मन्त्रालयको जिम्मेवारीमा छिन् । तर, स्मृतिले राजनीतिमा यति ठुलो सफलता यतिकै पाएकी होइनन् । यो स्थानसम्म आइपुग्न उनले धेरै संघर्ष गरेकी छिन् ।

आफ्नो करिअरमा उनले कैयौँ सपना देखिन् । तिमध्ये एक थियो, मिस इन्डिया हुने । त्यसका लागि उनले सन् १९९८ मा फेमिना मिस इन्डियामा भाग पनि लिइन् । तर, सफल हुन सकिनन् । असफल भए पनि उनले हिम्मत हारिनन् । तर, के भयो भने कमजोर आर्थिक अवस्थाका कारण उनले एउटा रेस्टुरेन्टमा काम गर्नुपर्ने भयो एउटा फास्ट फुड चेन रेस्टुरेन्टमा उनले काम गर्न थालिन् ।

तर, उनले लामो समय त्यही रेस्टुरेन्टमा बिताइनन् । किनकि उनले टिभि सिरियल ‘क्योंकि सास भी कभि बहु थि’ मा अवसर पाइन् । त्यो टिभी सिरियलमा उनले तुलसीको भुमिका निर्वाह गरिन् । यो टिभी सिरियल चर्चित बन्यो । त्यसपछि स्मृतिले पनि सफलता पाइन् । यो सफलतासँगै उनले पछाडि फर्किएर हेर्नुपरेन ।

विशेष