विचित्र विश्व

१३१ वर्षपछि भेटियो आठौँ आश्चार्य [फोटोफिचर]

१३१ वर्षपछि भेटियो आठौँ आश्चार्य [फोटोफिचर]

जेठ – ३० । विश्वमा रहेको सात आश्चार्यबारे हामीले धेरै पढ्दै र सुन्दै आएका थियौँ । तर, १३१ वर्ष पछि सातौँबाट अब आठौँ आश्चार्य भएका छन् ।

शोधकर्ताहरुले धेरै समयको अनुसन्धान पछि न्युजिल्यान्डको उत्त्तरी टापुमा रहेको रोटोमेहाना ताल र सेता भर्याङहरु पत्ता लगाएका छन् । उक्त भर्याङहरु १९ औँ शताब्दीमा पर्यटकका आकर्षणका केन्द्र थिए जहाँ टाढाटाढाबाट पर्यटकहरु आउने गर्दथे ।

सन् १८८६मा त्यहाँ एक ज्वालामुखी विस्फोट भएपछि उक्त सिंढीहरु बर्बाद भएको भन्ने अनुमान गरिएको थियो । तर भूवैज्ञानिकहरुले उक्त क्षेत्र पत्ता लगाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले दाबी गरेका छन् ।

खोजकर्ताहरुले ती सिंडीहरुमा ज्वालामुखी बिस्फोटपछि निस्किएको धुलोले परिएको अवस्थामा रहेको बताएका छन् ।

विशेष