राजनीति

राजपा किल्लामा उपेन्द्रको इन्ट्री

राजपा किल्लामा उपेन्द्रको इन्ट्री

जेठ ३० । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डल सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र रायको गृहजिल्ला हो सर्लाही । उनीहरु तीनै जनाले चुनाव छाडेर आन्दोलनमा लाग्ने घोषणा गरिसकेका छन् भने १० वर्षसम्म सँगै आन्दोलनमा रहेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव चुनावी मैदानमा ओर्लिएका छन् ।

चुनावमा जाने भएपछि राजपासँग सम्बन्ध बिग्रिएको छ । यही बेला अध्यक्ष यादव राजपाका नेतात्रयको गृहजिल्ला सर्लाहीमा चुनावी गतिविधिमा केन्द्रित भए। विगतका आन्दोलनको जस लिन पनि यादव चुनावी मैदानमा अहोरात्र खटिएका छन् ।

राजपाको चर्को विरोध हुँदाहुँदै पनि कार्यकर्ता प्रवेश सभामा सम्बोधन गर्दै यादवले मलंगवा र राजमार्ग क्षेत्रका कार्यकर्तासँग भेटघाट गरे । चुनाव रोकेर रोकिँदैन भन्दै उनले तयारीमा लाग्न कार्यकर्ताको हौसला बढाए । उनले सर्लाहीमा दुई दिन समय दिए । पटकपटक विभिन्न ठाउँमा राजपा कार्यकर्ताले यादवलाई अवरोध गर्न खोजे, तर सफल हुुन सकेनन्। फोरम नेपाललाई राजपाको विरोधले असर पार्न सकेन ।

राजपालाई चुनावमा आउन आग्रह गरेका यादवले चुनावी मैदानमा अवरोध गर्न कोही आइलागे आफ्नो पार्टी पनि जाइलाग्ने चेतावनी दिए।

नागरिक

विशेष