विचित्र विश्व

जन्मने बित्तिकै शिशु हिँडन थालेपछि...(भिडियोसहित)

जन्मने बित्तिकै शिशु हिँडन थालेपछि...(भिडियोसहित)


ब्राजिलको एक अस्पतालमा जन्मिएको केही मिनेटपछि नै एकजना नवजान शिशु हिँड्न थालेको दृश्य छ । उक्त  अहिले सामाजिक संजालमा भाइरल भएको छ ।

फेसबुकमै पनि लाखौँले हेरिसकेको र शेयर गरेको यो भिडियोमा नर्सको एउटा हातमा आफ्नो छाति अठ्याएर नवजात शिशु हिड्न खोजिरहेको देखिन्छ ।
अस्पतालको ड्रेसमा रहेकी ती नर्स शिशु हिडेको भन्दै आश्चर्य मानेर चिच्याइरहेकी छिन् । आफुले नुहाइदिन थालेको बेला बच्ची हिड्नको लागि उठेको उनले बताएकी छिन् ।

‘यदि तपाइँले यसरी जन्मिदा बित्तिकै बच्चा हिँड्यो भनेर भन्नुभयो भने कसैले पत्याउने छैन । तर जब आफ्नै आँखाले देख्नुहुन्छ तब पत्याउन बाध्य हुनुहुन्छ ।’ उनले भनेकी छिन् ।

उक्त भिडियो दक्षिण ब्राजिलको सान्टा क्रुज अस्पतालमा खिचिएको हो । 

विशेष