विचित्र विश्व

कन्सर्टका लागि बियर पिउन पाइप नै विछ्छाइयो

कन्सर्टका लागि बियर पिउन पाइप नै विछ्छाइयो


जेठ ३१ । जर्मनीमा आयोजना गर्न लागिएको एक सांगीतिक कार्यक्रमका लागि आवश्यक पर्ने पेयपदार्थ ‘बियर’ आपूर्ति गर्न आयोजकले पाइपलाइन नै बिछ्याएका छन् ।

उत्तर जर्मनीमा आगामी अगस्टमा आयोजना हुन लागेको ‘वेकन ओवन एअर हार्ड रक फेस्टिबल’मा सहभागी हुने दर्शकहरुका लागि सहजरुपमा बियर उपलब्ध गराउन आयोजकले ७ किलोमिटर लामो पाइप बिछ्याएका हुन् ।

बीबीसीकाअनुसार प्रतिसेकेन्ड एक गिलास बियर आपूर्ति गर्नसकिने ३५ सेमि (१४ इन्च) वर्गमिटरको पाइप बिछ्याइएको छ । उक्त ‘हार्ड रक फेस्टिभल’ विश्वको सबैभन्दा ठूलो ‘हेभी मेटल’ सांगीतिक उत्सव हो । उत्सवमा विश्वचर्चित हेभी मेटल गायक मेगाडेथ, एलिस कोपेर र त्रिभिउम्समेत संलग्न हुनेछन् ।

साथै, विश्वभरबाट १५० ब्यान्डस् र अरु रक मेटल गायकहरुले सहभागिता जनाउने आयोजक वेकन ओवन एअरले उल्लेख गरेको छ । आगमी अगस्ट ३ देखि ५ सम्म सन्चालन हुने उक्त उत्सवमा ७५ हजार दर्शक सहभागी हुने र एकजनाले सरदर ५.१ लिटर बियर पिउने भएकाले सहज आपूर्ति र वातावरणमैत्री उत्सव बनाउन पाइप बिछ्याइएको जर्मन मिडियाहरुले उल्लेख गरेका छन् ।

आयोजकले यसरी पाइप बिछ्याएर बियरको आपूर्ति गर्दा बियरको लागत घट्ने र बियरको बोतलले वातावरणमा नराम्रो असर गर्ने भएकाले नयाँ विधि अपनाइएको उल्लेख गरेको छ ।

साथै, उक्त पाइपलाइनबाट चिसो बियर आपूर्ति गर्नका लागि विशेष प्रकारको ‘हाइजिन’स्तरको पाइप बिछ्याइएको जनाइएको छ ।

विशेष