राजनीति

चाँगुनारायण नगर कार्यपालिकामा एमाले विजयी

चाँगुनारायण नगर कार्यपालिकामा एमाले विजयी

 

भक्तपुर, ३१ जेठ । चाँगुनारायण नगर कार्यपालिकामा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् ।

आज भएको निर्वाचनमा नगर कार्यपालिकाको महिला, दलित वा अल्पसङ्ख्यक आठै सदस्यमा एमालेको पूरै टोली विजयी भएको निर्वाचन अधिकृत रिञ्जा डङ्गोलले बताए।

दुर्गा थापा लामिछाने, इन्द्रमाया तामाङ, सपना तामाङ, कृष्णप्यारी थापा, रमा थापा, सरुना परियार, कुमार अछामी र शर्मिला बयलकोटी नगर कार्यपालिकामा निर्वाचित भएका छन्।

निर्वाचित महिला, दलित वा अल्पसङ्ख्यक सदस्यलाई आजै शपथग्रहणसँगै प्रमाणपत्र वितरण गरियो । 

विशेष