राजनीति मुख्य समाचार

राजपा चुनावमा जाने लिखित प्रतिवद्धता गरे माग सम्बोधन गर्न चारदल सहमत

राजपा चुनावमा जाने लिखित प्रतिवद्धता गरे माग सम्बोधन गर्न चारदल सहमत


जेठ ३१ । आन्दोलनरत राष्ट्रिय जनता पार्टी राजपाले चुनावमा जाने लिखित प्रतिबद्धता व्यक्त गरेमा चुनावपछि उसले उठाएका जायज मागहरु सम्बोधन गर्ने निष्कर्षमा प्रमुख ४ दल पुगेका छन् ।

हिजो प्रधानमन्त्री कार्याय सिंहदरबारमा बसेको चार दलको बैठकले चुनावअघि संविधान संशोधन संभव नभएपनि चुनावपछि संशोधन गर्नका लागि प्रतिपक्षी एमालेसहितका दलहरु सहमत भएका हुन् ।

सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र नेपाल लोकतान्त्रिक फोरम तथा प्रमुख प्रतिपक्षी नेकपा एमालेका शीर्ष नेताहरुको सहभागितामा भएको बैठकमा चुनावमा जाने लिखित प्रतिबद्धता व्यक्त गरेको खण्डमा राजपाका जायज माग र उसका अफ्टेरा फुकाउने विषयमा सहमति जुटेको हो । यस विषयमा छलफल गर्न आज राजपासहितको सर्वदलीय बैठक बस्ने जानकारी माओवादी नेता वर्षामान पुनले दिएका छन् ।

छलफलमा राजपाले चुनावमा भाग लिने लिखित प्रतिबद्धता व्यक्त गरेमा उसले उठाएका मागहरु वा अफ्टेरा फुकाउने विषयमा सहमति भएको छ । यस विषयमा छलफल गर्न आज ४ बजे राजपासहितको सर्वदलीय बैठक बस्नेछ ।

विशेष