राजनीति

दुधे बालक बोकेर चुनावी मैदानमा

दुधे बालक बोकेर चुनावी मैदानमा


जेठ ३१ । वैतडी जिल्लाको सुर्नया गाउँपालिकामा सबै दलका उम्मेदवार भोट माग्न घरदैलोमा व्यस्त रहेका बेला एमालेबाट उपाध्यक्ष पदकी उम्मेदवार लीला विष्ट तीन महिने छोरी काखमा लिएर घरदैलो गरिरहेकी छन ।

पहिलो चरणको स्थानीय तहको निर्वाचनकै बेला पार्टीले उनलाई उपाध्यक्षको उम्मेदवार बनाएपछि तीन महिने छोरीसहित घरदैलो अभियानमा होमिएकी हुन३ । । जेठको टन्टालपुरको घामको वास्ता नगरी छोरी बोकेर लीला भोट मागिरहकी छन ।

एक वर्षअघि गैरसरकारी संस्थामा काम गर्दा ग्रामीण क्षेत्रका महिलाको अवस्था राम्ररी बझेकी उनी महिलाको समग्र विकासका लागि महिलाको नेतृत्व आवश्यक रहेको बताइन । मैले ग्रामीण क्षेत्रका महिलाको पीडा राम्ररी बुझेकी छु । स्थानीय तहको निर्वाचनका माध्यमबाट नेतृत्वमा दाबी गर्ने अवसर मिल्यो । मैले छोरी सानै भए पनि उम्मेदवारी दिएकी हुँ ।

उसको भविष्यसँग मेरो उम्मेदवारी जोडिएको छ । महिलाका समस्या समाधानका लागि महिला नै अग्रसर हुनु जरुरी छ । टन्टलापुर घाममा छोरी बोकेर प्रचारप्रसारमा जानु लीलाका लागि सजिलो त छैन तर महिलाकै विकासका लागि आफूले दुःख गरिरहेको उनले बताइन । छोरी बोकेर जनता माझ गइरहेकी छु । खास गरेर महिला मतदाताले मेरो कुरा बुझ्नुभएको छ । महिला अघि नबढ्दासम्म महिलाका समस्या समाधान हुँदैनन् । त्यसैले मैले छोरी सानी हुँदासमेत उम्मेदवारी दिएकी हुँ ।

अन्नपूर्ण

विशेष