राजनीति मुख्य समाचार

उपेन्द्र यादव भन्छन्, ‘राजेन्द्र महतो नक्कली नेपाली, भारतको कोहरबा भन्ने ठाउँमा उनको घर छ’

‘यो कुरा थाहा रहेछ त यादबजी, नाकाबन्दी गर्दा महतोसँग किन सँगै ?

उपेन्द्र यादव भन्छन्, ‘राजेन्द्र महतो नक्कली नेपाली, भारतको कोहरबा भन्ने ठाउँमा उनको घर छ’

जेठ ३१ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले हाम्रो कार्यक्रम बिथोल्न राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले भारतबाट समेत भाडाका मान्छे ल्याएको आरोप लगाएका छन् ।

‘हाम्रो कार्यक्रम बिथोल्न राजपाले पारीबाट मान्छे ल्याएका थिए, तर नेपाली जनता चुनाव चाहन्छन्न् पारिबाट ल्याइएका मान्छेले रोकेर चुनाव रोकिँदैन, जनताले डन्डा लगाएर ती मान्छेलाई लखेटेर पठाइदिए ।

चुनावी कार्यक्रममा उपत्यका बाहिर रहेका उनले भने पटक–पटक चुनावको मिति सारेर जनतालाई मतदानको अधिकारबाट वञ्चित पार्न नहुने भन्दै यादवले सरकारले पनि आफूले गरेका बाचा पूरा गर्नुपर्ने बताए ।

उनले राजपासंग आक्रोशीत हुँदै भने अवरोध गर्न खोजिएको थियो, तर जनताले कुटेर खेदे । यसले पनि निर्वाचनलाई लिएर जनता कति उत्साहित छन् भन्ने थाहा हुन्छ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको गढ भनिएको सर्लाहीको सबैभन्दा बलियो ठाउँमै मैले कार्यक्रम गरेर आएँ । त्यहाँ सभा गर्न नदिने, हाम्रो पार्टीलाई प्रवेश नै गर्न नदिने भनेर सात दिनदेखि अभ्यास भएको थियो ।

नेपालबाट मात्र नभएर, भारतबाट समेत मान्छे बोलाइएका थिए । तर, नेपाली जनता चुनाव चाहन्छन, पारीबाट ल्याइएका मान्छेले रोकेर चुनाव रोकिँदैन । जनताले डन्डा लगाएर ती मान्छेलाई लखेटेर पठाइदिए । जनताको उत्साहजनक उपस्थितिले हाम्रो कार्यक्रम शानदार ढंगले सफल भयो ।

उनले भने राजेन्द्र महतोको घर छ उता इन्डियापट्टि । कोहरबा भन्ने ठाउँका मान्छे हुन् उनी । नेपाली त पछि बनेका हुन् । ढाँटेर नागरिकता लिएका हुन् । हाम्रो सभा बिथोल्न त्यही कोहरबाबाट मान्छे ल्याइएका थिए । तर, जब नेपाली मधेसीहरूले डन्डा उठाए, त्यसपछि भारतबाट ल्याइएका भाडाका मान्छे भागे । त्यत्रा जनता हाम्रो पार्टीमा प्रवेश गर्न आए । यसले जनता चुनाव चाहन्छन् भन्ने संकेत गर्छ ।

विशेष