राजनीति

स्थानीय तहको निर्वाचनको बारेमा जानकारी दिन आयोगले विशेष पत्रकार सम्मेलन गर्दै

स्थानीय तहको निर्वाचनको बारेमा जानकारी दिन आयोगले विशेष पत्रकार सम्मेलन गर्दै

आयोगको विशेष पत्रकार सम्मेलन
असार १ । निर्वाचन आयोगले आज विशेष पत्रकार सम्मेलन गर्दैछ ।
आयोग परिसरमा आज दिउँसो पौने चार बजे राखिएको पत्रकार सम्मेलनमा स्थानीय तह निर्वाचनको दोस्रो चरणको तयारी सम्मबन्धमा जानकारी दिइने आयोग प्रवक्ता सुर्य प्रसाद शर्माले जनाएका छन् ।
असार १४ मा हुने निर्वाचनबारे अन्यौल भइरहेका बेला आयोगले गर्ने विशेष पत्रकार सम्मेलनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यसअघि आयोगले सरकारसँग तराई–मधेसका जिल्लामा मिलाइएको शान्ति सुरक्षाको तयारीबारे जानकारी लिएको थियो ।

विशेष