राजनीति

चुनाव सार्न निर्वाचन आयोगले मानेन

चुनाव सारिए दुर्घटना हुने चेतावनी

चुनाव सार्न निर्वाचन आयोगले मानेन


असार १ । सत्तारुढ दल र निर्वाचन आयोगको बैठक सम्पन्न भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा आज भएको बैठकमा निर्वाचन आयोगसँग केहि दिन भए पनि मिति सार्न आग्रह गरिएको थियो ।

निर्वाचन आयोगका पदाधिकारीहरुले अब चुनाव सार्न नसकिने बताएको छ । ‘प्रदेश सभा र संसदको चुनाव गर्नु पर्ने संवैधानिक बाध्यतालाई ध्यानमा राखेर अब चुनाव सार्नु भनेको ‘पोलिटिकल इलेक्ट्रोरल डिजास्टर’ हुन्छ भन्नु भएको छ,’ बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेलले भनेका छन् ।

उनका अनुसार दलका नेताहरुले यो दुर्घटनाबाट बच्ने उपाय केही छन् कि सोच्नुस् है भनेका छन् ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने आफूहरुले चुनावी तयारीबारे जानकारी गराएको बताए । चुनाव जहिले पनि चुनौतीपूर्ण हुने भन्दै उनले गृह मन्त्रालयले सुरक्षा व्यवस्था मिलाउँछु भनेकाले कुनै समस्या नहुने बताएका छन् ।

विशेष