विचित्र विश्व

भालुले मोटरसाइकल चलाएपछि... (भिडियोसहित)

भालुले मोटरसाइकल चलाएपछि... (भिडियोसहित)


रुसमा एउटा जंगली भालुले बिच सडकमा मोटरबाइक चलाएपछि उक्त क्षेत्रमा हंगामा नै मच्चिएको छ ।

जंगली भालुले शानसँग बाइकमा बसेर ड्राइभको मज्जा लिइरहेको भिडियो सार्वजनिक भएपछि अहिले उक्त भिडियो सामाजिक संजालमा भाइरल बनिरहेको छ ।
भालु खतरनाक हिंस्रक जनावर भएकोले धेरै मानिस यसलाई आफ्नो नजिक देख्दा डराइरहेका थिए ।

यदि भालुले त्यहाँ आक्रमण गरेको भए बच्न पनि मुश्किल नै थियो ।
तर पनि निर्धक्क एक युवकले भालुलाई पच्छाउँदै उक्त भिडियो लिन सफल भएका छन् ।

उक्त भिडियो खिच्ने युवक साइकोवले उक्त भालु तालिमप्राप्त भएको र सर्कसको लागि बाइक राइडिङको तालिमको लागि तयारी गरिरहेको थियो ।

विशेष