विचित्र विश्व

नौ वर्षिय बालिकाले पोर्न फिल्म हेरेपछि...

नौ वर्षिय बालिकाले पोर्न फिल्म हेरेपछि...


असार १ । अमेरिकाको टेक्सासस्थित ९ वर्षकी एक प्राथमिक विद्यालयमा पढ्ने बालिकाले आफ्नो आइप्याडमा पोर्न फिल्म सर्च गरेर हेरेको फेला पार्दा शिक्षक चकित परे । शिक्षकले यति सानो उमेरमा पोर्न फिल्म हेर्नुको कारण बालिकालाई सोधे । तर एक गम्भीर अपराध र हैरानी मिसिएको ती बालिकाको उत्तरबाट एउटा पोल पनि खुल्यो ।

स्कुलले नै विद्यार्थीलाई आइप्याड उपलब्ध गराउने भएपछि विद्यार्थीहरुले दिनभर आइप्याड चलाउन पाउथे । विद्यार्थीमध्ये एकजना शिक्षकले जब ती ९ वर्षकी बालिकाले चलाएको आइप्याडको इन्टरनेट हिस्ट्री हेरे तब उनी आश्चार्यचकित भए । ती बालिकाले इनटरनेटमा पोर्न मुभि सर्च गरेकी थिइन् ।

शिक्षकले त्यसपछि ती बालिकालाई किन त्यस्तो फिल्म हेरेको भनेर सोधे । उत्तरमा ती बालिकाले आफूमाथि एकजना आफन्तले गरिरहेको क्रियाकलाप आखिर के रहेछ भन्ने कुरा थाहा पाउनको लागि इन्टरनेटमा खोजेर हेरेको बताइन् ।

ती बालिकको घरमा बस्ने ३१ वर्षक एन्थोनी नाम गरेका एकजना आफन्तले पछिल्लो २ वर्षदखि निरन्तर यौनहिंसा गरिरहेको खुलाशा भयो । ती बालिका र उनकी बहिनीलाई एन्थोनीले यस्तो क्रियाकलाप गर्दै आएको बताइन् ।

शिक्षकले सोधेको प्रश्नमा उनले नढाँटी ती व्यक्तिले आफूलाई के गरेका रहेछन् भनेर जान्नकै लागि हेरेको बताइन् । यी सबै विवरण सुनेपछि शिक्षकले पुलिसलाई खबर गरे र अहिले एन्थोनी प्रहरीको हिरासतमा हरेका छन् ।

विशेष