राजनीति मुख्य समाचार

निर्वाचन टार्ने देउवाको दाउ

निर्वाचन टार्ने देउवाको दाउ


असार १ । तीन पटक सरिसेकको दास्रो चरणको स्थानीय तहको निर्वाचन  फेरि अन्योलमा देखिएको छ । यसलाई पर सारेर भए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले राजपालाई मनाउने प्रयास गरिरहेको जनाइएको छ । 

दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन संघारमा आउँदा समेत प्रमुख राजनीतिक दलहरु असार १४ गतेका लागि घोषित चुनावका विषयमा अन्योलमा परेका छन् ।


उम्मेदवारी मनोनयनका लागि निर्वाचन आयोगले तोकेको असार २ गते आउन एक दिन मात्र बाँकी रहँदा प्रमुख दलहरु संविधानप्रति असन्तुष्ट राष्टि«य जनता पार्टी नेपाल लार्इ चुनावमा समेटेर जाने या छाडेर जाने भन्नेमा अन्योलमा परेका हुन् ।

संविधान संशोधनसहितका विषय र जनसंख्याका आधारमा स्थानीय तहको संख्या नबढाएसम्म निर्वाचनमा भाग नलिने राजपाको अडानपछि प्रमुख दलहरु असार १४ गतेका लागि तोकिएको निर्वाचनका विषयमा बिहीबारमात्र निष्कर्षमा पुग्ने भएका हुन् ।

नागरिक

विशेष