राजनीति

देश र जनताको हितमा निर्वाचन मिति सारिएको हो - नेता थापा

देश र जनताको हितमा निर्वाचन मिति सारिएको हो - नेता थापा

असार - २ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले सबै राजनीतिक दललाई निर्वाचनमा सहभागी गराउन प्रदेश नं २ को निर्वाचन मिति सारिएको बताएका छन् ।

नेपाल प्रेस युनियन, झापाद्वारा शुक्रबार आयोजित भेटघाट कार्यक्रममा उनले भने – “रणनीतिक तहमा काँग्रेसका लागि अप्रिय भए पनि देश र जनताको हितमा निर्वाचन मिति सारिएको हो ।”

काँग्रेस केन्द्रीय प्रचारप्रसार समितिका सहसंयोजकसमेत रहनुभएका नेता थापाले आसन्न स्थानीय तहकोे निर्वाचनमा काँग्रेसको हरेक गतिविधिलाई जनताको माझमा पु¥याउन सञ्चारकर्मीलाई आग्रह गर्दै जनतालाई निर्वाचनमा अधिकभन्दा अधिक सहभागी गराउन र निर्वाचनप्रति जनताको उत्साह बढाउन काँग्रेसले स्थापना गरेको मिडिया सेन्टरबाट आमजनता लाभान्वित भएको बताए ।


नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष कृष्ण हुमागाईंको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा मिडिया सेन्टरका प्रमुख सुरेशकुमार आचार्यले पनि स्थानीय निकाय, निर्वाचन र काँग्रेसको भूमिकाका विविध पक्षमाथि प्रकाश पारे ।

विशेष