राजनीति

चुनावको मिति सार्दा माओवादीलाई पनि झुक्याइएको छ - महासचिव पोखरेल

चुनावको मिति सार्दा माओवादीलाई पनि झुक्याइएको छ - महासचिव पोखरेल

असार – २ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेपाली काँग्रेसले माओवादी केन्द्रलाई झुक्याए र राष्ट्रिय जनता पार्टी (राजपा) प्रयोग गरेको आरोप लगाएका छन् । प्रेस चौतारी नेपालले शुक्रबार काठमाडौँमा गरेको कार्यक्रममा पोखरेलले निर्वाचनलाई प्रभावित पर्ने उद्देश्यले प्रदेश नम्बर २ को चुनावको मिति सार्ने निर्णय गर्दा माअोवादीलार्इ झुक्याएको र राजपालाई प्रयोग गरेको बताएका हुन् ।

‘राजपालाई त प्रयोगमात्र गरिएको हो, माओवादीलाई पनि झुक्याइएको छ,’ उनले भने । उनले प्रदेश नम्बर २ मा पनि काँग्रेस कमजोर भएको निष्कर्षमा पुगेपछि चुनाव सारिएको आरोप लगाउँदै अगाडि भने, ‘जसका लागि भनेर निर्वाचनको मिति सारियो उसैले असहमति जनायो ।’

नेता पोखरेलले निर्वाचनलाई मजाकको विषय बनाइएको बताउँदै चुनाव सार्ने निर्णय अलोकतान्त्रिक, संविधान र निर्वाचनको मान्यताविपरीत रहेको उल्लखे गरे । उनले निर्वाचन आयोगका प्रतिनिधिसँग परामर्श लिने क्रममा उसले पनि असहमति जनाएको बताए ।

विशेष