राजनीति

उम्मेदवार बन्न अस्पताल विकास समितिबाट राजीनामा

उम्मेदवार बन्न अस्पताल विकास समितिबाट राजीनामा

 

असार - २ । यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय निर्वाचनमा उम्मेदवारी दिन केही महिनाअघि नियुक्त भएका अस्पताल विकास समितिका अध्यक्षले राजीनामा दिन थालेका छन् ।

स्वास्थ्य मन्त्रालय, चिकित्सा सेवा महाशाखामा अहिलेसम्म पाँच अध्यक्षले राजीनामाका लागि पत्र बुझाएका छन् । मन्त्रालयले विभिन्न अस्पताल र स्वास्थ्य संस्थामा रिक्त पदमा करिब तीन महिनाअघि अध्यक्ष नियुक्त गरेको थियो । विभिन्न उपमहानगरपालिका, महानगर र गाउँपालिकामा प्रमुख र अध्यक्षमा लड्न उम्मेदवारीको टिकट पाएपछि अध्यक्षबाट राजीनामा आइरहेको महाशाखा प्रमुख भोलाराम श्रेष्ठले जानकारी दिए ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ता दुई दिन थप गरेकाले निवेदन अझै आउन सक्ने बताइएको छ । मन्त्रालयमा भोजपुर जिल्ला अस्पतालका गजेन्द्र कार्की, मेहलकुना अस्पताल सुर्खेतका चित्रबहादुर रेग्मी, सिन्धुली जिल्ला अस्पतालका विनोदकुमार खड्का, नरदेवी आयुर्वेद चिकित्सालय काठमाडौँका खेमराज सुवेदी र महाकाली अञ्चल अस्पतालका भोजराज बोहराले अध्यक्षबाट राजीनामा दिइएको पत्र बुझाएका छन्।

विशेष