राजनीति

चुनाव सार्ने निर्णयप्रति राजपामा कोही रुष्ट, कोही सन्तुष्ट

चुनाव सार्ने निर्णयप्रति राजपामा कोही रुष्ट, कोही सन्तुष्ट

असार २ । सरकारले प्रदेश २ को स्थानीय तहको चुनाव सार्ने निर्णय गरेकोमा राजपा नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन् ।

सत्तारुढ घटक कांग्रेस र माओवादी केन्द्रसित बिहीबारको वार्तापछि राजपा नेता महेन्द्र यादवले सरकारी कदम सकारात्मक भन्दै स्वागत गरे। उनले राजपाको आगामी निर्णय सरकारमा निर्भर रहने भन्दै प्रदेश २ को चुनावअघि संविधान संशोधन प्रक्रिया टुंगोमा पुगिसक्नु पर्ने आफ्नो अडान बैडकमा राखेको बताए।

नेताहरु राजेन्द्र महतो, राजकिशोर यादवलगायत भने रुष्ट भएका छन्। उनीहरुले प्रदेश ५ सहित तराई मधेसमा पर्ने अन्य जिल्लामा पनि संविधान संशोधनपछि मात्र चुनाव हुनुपर्ने बताए। सत्तारुढ घटकसँगको बिहीबारको बैठकपछि राजपा अध्यक्ष मण्डलको बैठक बस्ने भनिए पनि नेताहरु अलगअलग क्षेत्रमा रहेकाले बस्न सकेन।

कान्तिपुर

विशेष