अन्तरवार्ता

झापादेखि कञ्चनपुरसम्म चुनाव सार्नु पर्छ अनि मात्रै मान्छौंः राजेन्द्र महतो (अन्तर्वार्ता)

मलाई नक्कली नेपाली भन्ने उपेन्द्र यादवलाई जनताले जवाफ दिन्छन्

झापादेखि कञ्चनपुरसम्म चुनाव सार्नु पर्छ अनि मात्रै मान्छौंः राजेन्द्र महतो (अन्तर्वार्ता)

राजपा नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले चुनाव सार्ने सरकारको निर्णय एकलौटी भएको बताएका छन् । उनले राजपा नेपालसँग कुनै सल्लाह नगरी यस्तो निर्णय गरेको उल्लेख गरे । राजपाले घोषणा गरेको आन्दोलनका दौरान तराईमा रहेका नेता महतोले राजपाको औपचारिक धारणा शुक्रबार दिउँसो बस्ने अध्यक्ष मण्डलको बैठक पछि आउने जानकारी दिए । काठमाडौं आउन सिमरा विमानस्थलमा रहेका महतोसँग नेपाल आजले गरेको कुराकानीको संक्षिप्त अंश यस्तो छः

सरकारले चुनाव सार्ने निर्णय गरेको छ अब त तपाईहरु खुसी हुनुहुन्छ होला नी ?
– हामी किन खुसी हुने ? हामीले चुनाव सार्नु पर्छ भनेकै छैन । सरकार आफूखुसी बहुलठ्ठीपूर्ण काम गर्दै हिडेको छ ।

प्रदेश नम्बर २ मा निर्वाचन तपाईहरुलाई नै सोधेर सारेको भन्ने कुरा छ नी त !
–तपाईलाई सोधेको भए थाहा छैन । तर हामी आन्दोलनकारी शक्तिलाई सोधेको छैन । हामीले चुनाव सार्ने माग नै गरेका छैनौं । माग्दै नमागेको माग सरकार किन पुरा गर्छ बुझेको छैन मैले ।

जे गर्दा पनि तपाईहरु मान्दै मान्नु हुन्न किन ?
– समस्या प्रदेश नम्बर २ को मात्रै होइन । झापा देखि कञ्चनपुरसम्म मधेसको सबै जिल्लामा चुनाव सारेको भए हामीले सोच्ने थियौं । मधेस भनेको त प्रदेश नम्बर २ मात्रै त होइन । यसकारण यो सरकारले विखण्डनवादी काम गर्यो । प्रदेश नम्बर २ चाहि छुट्याउने जस्तो गरी यहाँ मात्रै चुनाव सारेको छ ।

भने पछि आन्दोलन रोक्नु हुन्न ?
आन्दोलन अझै सशक्त हुन्छ । हामी कडा प्रतिरोध गर्छौ । चुनाव हुँन दिँदैनौं ।

तपाई अहिले कहाँ हुनुहुन्छ ?
– म सिमरामा छु । काठमाडौं आउन जहाज पर्खिरहेको छु ।(शुक्रबार बिहान ९ बजे )

कति बजे छ अध्यक्ष मण्डलको बैठक ?
– आज दिउँसो हुन्छ । त्यसपछि आधिकारिक धारणा आउनेछ । तर अहिले मैले भनेको कुरा जस्तै नै हो आधिकारिक धारणा पनि ।

अध्यक्ष मण्डलका महिन्द्रराय यादव र सरतसिंह भण्डारीले त सरकारको कदमको स्वागत गर्नुभयो नी ?  

त्यो किन गर्नुभयो उहाँहरुलाई नै सोध्नुस । म के भनौं ।

तपाईलाई उपेन्द यादवले नक्कली नेपालीसमेत भन्नु भयो, के भन्न चाहनु हुन्छ ?
–म उपेन्द्र यादवका बारेमा टिप्पणी गर्न चाहन्न । सबै कुरा जनताले हेरिरहेका छन् । समय आएपछि उपेन्द्रलाई जनताले जवाफ दिने छन् ।

विशेष