राजनीति

मुलुकको विकास तथा समृद्धि गर्न काँग्रेस नेतृत्वको आवश्यकताः डा महत

मुलुकको विकास तथा समृद्धि गर्न काँग्रेस नेतृत्वको आवश्यकताः डा महत

असार ३ । नेपाली काँग्रेसका नेता डा रामशरण महतले गरिब विपन्न जनताको जीवनस्तर उकास्न र मुलकको विकास तथा समृद्धि गर्न स्थानीय तहमा पनि काँग्रेस नेतृत्वको आवश्यकता रहेको बताएका छन् ।

पाँचथर र इलामको सिमानास्थित राँके बजारमा आज नेपाली काँग्रेसले आयोजना गरेको चुनावी सभामा उनले काँग्रेसका उम्मेदवारले मात्रै मुलुकको विकास र समृद्धि गर्न सक्ने भएकाले आसन्न स्थानीय तहको निर्वाचनमा पाटीका उम्मेदवारलाई विजयी गराउन सबै मतदातामा आग्रह गरे ।

नेता डा महतले राँके–रवि हुँदै भेडेटार जोड्ने सडकको कालोपत्रेका लागि आफू अर्थमन्त्री हुँदा बजेट विनियोजन गरेको बताउँदै अब यस सडकको निर्माण कार्य चाँडै थालिने र समयमै पूरा हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य भिष्मराज आङदेम्बे, जिल्ला सभापति नरेन्द्रकुमार केरुङ र जिल्ला सचिव वृजहाङ आङदेम्बे लगायतले स्थानीय तहको निर्वाचन, विकास र काँग्रेस नेतृत्वको भूमिकाका बिबिध पक्षमाथि प्रकाश पारे । 
 
 
 
 
 
 
 

Raamsharan Mahat

विशेष