विचित्र विश्व

माझीको जालमा दुर्लभ दुई टाउके ह्वेल माछाको बच्चा

माझीको जालमा दुर्लभ दुई टाउके ह्वेल माछाको बच्चा

असार – ३ । दुईवटा टाउको भएको सानो ह्वेल माछा भेटिएको छ । नवजात शिशू जस्तै देखिन ह्वेल उत्तरी सागरमा माछा मार्ने क्रममा भेटिएको हो ।

भर्खरै जन्मेको बाछो जस्तो देखिने प्रोपोइस जातीको (फोकोइना फोकोइना) सो ह्वेलको एउटै शरीरमा दुईवटा टोउको जोडिएको थियो । तर, दुःखको कुरा जुम्ल्याहा जन्मेको केही समयमा मरेको रिपोर्टमा जनाइएको छ ।

गत मे महिनामा उत्तर समुन्द्रको पश्चिमी क्षेत्रमा माछा मार्ने क्रममा ह्वेलका जुम्ल्याहालाई माझीहरुले पानीबाट निकालेको थिए । माझीहरुले ह्वेलको बच्चालाई सँगै लैजानु अवैधानिक हुने ठानेर त्यसका केही तस्बिर खिचि पुनः समुन्द्रमा फ्याकी दिएका थिए ।

यस्तो प्रकारको जन्तु एक्दम दुर्लभ मानिन्छ । दुई टाउके ह्वेल प्रजातीको जुम्ल्याहा बच्चा यो नै पहिलो पटक देखिएको हुन सक्ने विज्ञहरुले बताएका छन् ।

विशेष