विराटनगर महानगरमा उज्याली सुची चौधरीको चर्चा
असार–४ । विराटनगर महानगरपालिकाको निर्वाचनमा नेकपा एमाले र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबीच तालमेल भएको छ । यो तालमेलमा उपमेयर लोकतान्त्रिकले पाएको छ । लोकतान्त्रिकबाट सुची चौधरी उपमेयरमा निर्वाचन लड्दै छिन् । मेयरमा भने नेकपा एमाले विनोद ढकाल छन् ।
थारुहरुको पनि उल्लेख्य सहभागीता भएको विराटनगरमा सुची चौधरीको चर्चा पनि उल्लेख्य छ । चर्चा पाएपछि उम्मेदवारले भोट पनि पाउने सम्भावना बढी हुन्छ । उदाहरणका लागि काठमाडौं महानगरमा चर्चा पाएका रञ्जु दर्शना र किशोर थापाले राम्रो मत ल्याएका थिए ।
नेपाली कांग्रेसले विराटनगरमा तालमेल गरेको छैन । संघीय समाजवादी र माओवादी केन्द्रले तालमेल गरेका छन् । यो तालमेलमा सुचीको प्रतिस्पर्धी माओवादी केन्द्रकी नमिता न्यौपाने हुन् ।