Breaking News राजनीति

कपिलबस्तुमा बम विस्फाेट, १० जना घाइते

कपिलबस्तुमा बम विस्फाेट, १० जना घाइते

असार ४ । कपिलबस्तु जिल्लाको बाणगंगा नगरपालिका ४ गजेहडामा बम विस्फोट भएको छ । बम विस्फोट विप्लव समूहले गराएको आशंका गरिएको विस्पफाेटमा १० जना घाइते भएका छन् । 

नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानलको उम्मेदवारी दर्ता गर्न गइरहेको बेलामा विस्फोट भएको हो ।

विस्फोटमा घाइते भएका अधिकांश कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ता छन् । घाइतेहरुलाई उद्दार गरेर अस्पताल लगिएको छ ।

उनीहरु मध्ये चार जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते हुनेमा विजय थारु, साहबुद्दिन मनिहार र शेषराम गुप्ता र लालबहादुर थारु रहेको प्रहरीले जनाएको छ ।

विस्फोट बाणगंगा नगरपालिकाको कार्यालय नजिकै भएको हो । प्रहरीका अनुसार एक व्यक्ति थोत्रो साइकलमा रातो कपडाले बेरिएको केही बस्तुसहित आएका थिए । मननोयन दर्ता स्थलबाट करिव ३० मिटर पर साइकल रोकेर उनी हिडे । त्यसको केही सेकेण्डमा नै विस्फोट भएको थियो ।

bomb bisfot at kapilbastu

विशेष