राजनीति

स्वीट्जरल्याणबाट फर्कीइन् राष्ट्रपति भण्डारी

स्वीट्जरल्याणबाट फर्कीइन्  राष्ट्रपति भण्डारी

असार ४ । करिब एक साता लामो विदेश भ्रमण पूरा गरेर राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्कीएकी छिन् ।

राष्ट्रपति भण्डारी जेठ ३० गते स्वीट्जरल्याण्डको जेनेभामा आईएलको सम्मेलनमा भाग लिन पुगेकी थिइन् । उनले त्यहाँ आइएलको १०६ औँ सेसनलाई सम्बोधन गरेकी थिइन् ।

आज(आइतबार) नेपाल प्रस्थान गर्ने क्रममा उनलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुनले स्वागत गरेका थिए ।

यसअघि भारत र श्रीलंकाको भ्रमण गरेकी भण्डारीकाे यो तेस्रो पटकको विदेश भ्रमण हो ।

Bidhyadevi Bhandari

विशेष